सर्वोच्चले ५२ जना संवैधानिक पदाधिकारीविरुद्धको रिटमा २८ जेठमा निर्णय सुनाउने

राष्ट्रपाटी न्युज

जेष्ठ १, २०८२

काठमाडौं ।  सर्वोच्च अदालतले संवैधानिक इजलासले  ५२ जना संवैधानिक पदाधिकारीहरु विरुद्धको रिटमा २८ जेठमा निर्णय सुनाउने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमाल चुडाल र डा. नहकुल सुवेदीको इजलासले जेठ २८ मा फैसला सुनाउने निर्णय गरेको हो ।

बिहिबार दुवै पक्षको बहस सकिएपछि सर्वाेच्चले जेठ १६ गतेभित्र सबै अधिवक्ताहरुलाई बहस नोट बुझाउन आदेश गरेको छ । बहस नोट बुझाएको  १२ दिनपछि यसबारे फैसला हुने भएको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ र २०७८ मा अध्यादेशमार्फत् १३ संवैधानिक निकायका कुल ६१ पदमध्ये रिक्त ५२ संवैधानिक पदमा  पदाधिकारी नियुक्त गरेको थियो ।

त्यसविरुद्ध  छुट्टाछुट्टै मितिमा  सर्वाेच्चमा १५वटा  रिट परेका थिए ।


Published :जेष्ठ १, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media