बुढानिलकण्ठमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न ,१०७ बर्षिय श्रेष्ठले समेत लीइन सेवा

राष्ट्रपाटी न्युज

जेष्ठ ६, २०८२

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ। यही बैशाख ५ र ६ गते बुढानिलकण्ठ-१० मा रहेको नगर अस्पतालमा ज्येष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य जाँच सेवा उपलब्ध गराउँदै स्वास्थ्य शिविरको आयोजना गरिएको हो। उक्त अवसरमा ज्येष्ठ नागरिकहरूलाई थर्मस पनि वितरण गरिएको छ। उक्त स्वास्थ्य शिविरमा नगर भित्रका सयौं ज्येष्ठ नागरिकहरुले स्वास्थ्य सुबिधा लिएको अस्पतालले जानकारी दिएको छ।

नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले संयुक्त रूपमा यस कार्यक्रमको उद्घाटन गरेका थिए। उक्त अबसरमा बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु तथा सदस्यहरु , राष्ट्रसेवक कर्मचारीहरु लगायतको उपश्थिति रहेको थियो।

यसैविच उक्त स्वास्थ्य शिविरमा बुढानिलकण्ठ -१२ निवासी १०७ बर्षिया जगत कुमारी श्रेष्ठले समेत स्वास्थ्य जांच गरि सेवा लिएकी छन्। २ छोरा तथा ४ छोरीकी आमा श्रेष्ठका नाती, पनाती तथा खनाती गरी ५० भन्दा धेरै सन्तान भैसकेका छन्।


Published :जेष्ठ ६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media