यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपाटी न्युज

जेष्ठ १२, २०८२

काठमाडौं । आज सोमबार देशका कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको उच्च-पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।


Published :जेष्ठ १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media