आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइँदै

राष्ट्रपाटी न्युज

जेष्ठ २१, २०८२

काठमाडौं । आज (बुधबार) जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइँदै छ ।

विसं २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । सोही दिनको स्मरणमा २०६८ सालदेखि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिएको छ । नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।

संविधानको यही मर्मलाई आत्मसात गर्दै जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्थासमेत गरिएको छ । नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १९ वर्ष बितिसक्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद अझै हट्न सकेको छैन । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको हो ।


Published :जेष्ठ २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media