आन्दोलन फिर्तासँगै सार्वजनिक यातायात सञ्चालनमा

राष्ट्रपाटी न्युज

जेष्ठ २१, २०८२

काठमाडाैं । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएको छ । मंगलबार यातायात व्यवसायी महासंघ र सरकार बीच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो ।

मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।


Published :जेष्ठ २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media