अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्चको आदेश

राष्ट्रपाटी न्युज

जेष्ठ २१, २०८२

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध दर्ता भएको ज्यानसम्बन्धी उजुरीमा प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको संयुक्त इजलासले सापकोटाविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरी निर्णय खारेज गर्दै अनुसन्धान गर्न निर्देशन दिएको हो ।

पूर्णिमाया लामाले सापकोटामाथि आफ्ना पति अर्जुन लामाको हत्या गराएको आरोप लगाउँदै उजुरी दर्ता गरेकी थिइन्। तर, प्रहरीले उक्त उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

सर्वोच्चले फैसला सार्वजनिक गरे पनि विस्तृत विवरण भने हालसम्म वेबसाइटमा राखिएको छैन। आदेशपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई अब सो मुद्दामा पुनः अनुसन्धान अगाडि बढाउनुपर्नेछ ।


Published :जेष्ठ २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media