मधेस प्रदेशका सांसद सिंह पक्राउ

राष्ट्रपाटी न्युज

जेष्ठ २९, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेस प्रदेश सभाका सांसद सरोजकुमार सिंहलाई काठमाडौँबाट नियन्त्रणमा लिएको छ । अख्तियार स्रोतका अनुसार सिंहलाई बिहीबार साँझ करिब ६ बजे बिजुलीबजारबाट पक्राउ गरिएको हो ।

सिंहलाई निर्वाचन क्षेत्र विकास कोषको रकम उपभोक्ता समितिमार्फत खर्च गरी कमिसन बुझ्ने गरेको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियार स्रोतका अनुसार सिंहले सांसद विकास कोषको रकम उपभोक्ता समितिमार्फत खर्च गर्ने गरेको र आफूले बजेट ल्याइदिएको भन्दै उपभोक्ता समितिबाट २५ देखि ३० प्रतिशतसम्म कमिसन लिने गरेको पाइएको छ।

जनता समाजवादी पार्टीका सांसद सिंह महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित भएका थिए ।

यसअघि अख्तियारले उनको घरमा छापा मारेर विभिन्न योजनाका कागजातहरू समेत नियन्त्रणमा लिएको थियो भने उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई पनि नियन्त्रणमा लिइसकेको थियो ।


Published :जेष्ठ २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media