राप्रपा महामन्त्री धवललाई धरौटीमा छाड्न आदेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शम्शेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। यसअघि उनी हाजिर जमानीमा रिहा भएका थिए।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो। उक्त घटनासम्बन्धी मुद्दामा मुख्य कमान्डर भनिएका दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिइएको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान र ३२ जनालाई धरौटी जमानतमा छाड्न आदेश गरेको थियो ।


Published :असार २, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media