यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । बुधबार देशभर साधरणतया बदलीदेखि पूर्णयता बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशका उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Published :असार ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media