पत्रकार दिलभुषणलाई पक्राउ नगर्न अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ।

हिल्टन होटलमा पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका पुत्र जयवीरसिंह देउवा लगायतको लगानी रहेको भनी पत्रकार पाठकले युट्यूब च्यानल ‘टफटक एक्स्प्लेइनर’मा एक भिडियो सामग्री प्रकाशन गरेका थिए ।

उक्त सामग्रीलाई लिएर देउवाले ‘साइबर ब्यूरो ५९’ को छद्म नाममा पाठकविरुद्ध साइबर अपराधमा कारबाही माग गर्दै उजुरी दिएका थिए ।

मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था रहेको भन्दै उच्च अदालतले बिहीबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीशद्वय टङ्कप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले पत्रकार पाठकलाई गिरफ्तार नगर्न सरकारलाई आदेश दिएको हो ।


Published :असार ५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media