आजको मौसमः यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका पहाडी भूभाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।


Published :असार ८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media