इरानको आणविक केन्द्रमा सफलतापूर्वक आक्रमण गरेको भन्दै ट्रम्पद्वारा सेनालाई बधाई

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक केन्द्रमा बम प्रहार गरेको बताएका छन्। उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण गरेका हुन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विमान अहिले इरानी आकाशमा छाडिसकेको बताएका छन्। उनले इरानमा सफलता पूर्वक प्रहार गरेको समेत दाबी गरेका छन्।

इरानमा बमबारी सकेर विमान अमेरिका फर्केको उनले बताए। उनले सामाजिक सञ्जालमा आक्रमणको बारे जानकारी दिँदै सफलताका लागि सेनालाई बधाई दिएका छन्।

इरानको राज्य नियन्त्रित सञ्चार माध्यमले पनि विस्फोटको आवाज सुनिएको जनाएको छ । (एजेन्सी)


Published :असार ८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media