थाहा पाउनुहोस् २०८२ असार ११ गते बुधबारको राशिफल

राष्ट्रपाटी न्युज

असार ११, २०८२

काठमाडौँ । आज वि.सं २०८२ असार ११ गते, बुधबार, ई.स. २०२५ जुन २५, तिथि- आषाढ कृष्णपक्ष औंशी, मृगशिरा- नक्षत्र, ११ः२९ बजेपछि आद्र्रा, गण्ड- योग, चतुष्पद- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ५ः११, सूर्यास्त- १९ः०१ ।

मेष : परिवार र सम्पत्तिसम्बन्धी निर्णयहरूमा सफलता मिल्नेछ । वाणीमा माधुर्य, व्यापारमा लाभ र पारिवारिक स्नेहको समय हो । आर्थिक दृष्टिले दिन सामान्यतः सन्तोषजनक रहनेछ ।

वृष : मानसिक स्पष्टता, आत्मविश्वास र व्यवहारमा स्थिरता अनुभव हुनेछ । सौन्दर्य, डिजाइन वा सामग्रीमा रुचि राख्नेहरूका लागि विशेष उन्नतिको समय हो । यद्यपि अत्यधिक सोच वा निरर्थक जिज्ञासाबाट जोगिनु श्रेयस्कर हुनेछ । आत्मबोध र आत्मनियन्त्रण आजको मूल मन्त्र हुनसक्छ ।

मिथुन : मानसिक थकान र वित्तीय असन्तुलनको संकेत देखिन्छ । खर्चमा संयमता र समय व्यवस्थापन आवश्यक हुनेछ । अनावश्यक यात्राबाट बच्नु उपयुक्त हुनेछ । गोपनीय कुराहरू सुरक्षित राख्नु श्रेयस्कर होला ।

कर्कट : इच्छाहरू पूरा गर्ने योग बनेको छ । साथीभाइ वा सञ्जालमार्फत सहयोग मिल्नेछ । नयाँ योजना सुरु गर्न उत्साह मिल्नेछ । आर्थिक लाभका पनि राम्रो संकेत छन् ।

सिंह : कार्यक्षेत्रमा सफलता र सम्मान मिल्नेछ । योजना र प्रस्तुतीकरणमा दक्षता देखिनेछ । उच्च अधिकारी वा प्रतिष्ठित व्यक्तिसँग लाभदायक भेटघाट सम्भव छ ।

कन्या : भाग्य सक्रिय गर्ने समय हो । उच्च शिक्षा, धर्म वा यात्रासँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ । गुरु वा विद्वान् व्यक्तित्वबाट मार्गदर्शन प्राप्त हुनसक्छ ।

तुला : मनमा चिन्ता, भ्रम वा स्वास्थ्यसम्बन्धी अनावश्यक डर निम्त्याउन सक्छ । विशेष गरी गोप्य योजना वा मानसिक विषयहरूमा धैर्य आवश्यक हुनेछ । जोखिमपूर्ण निर्णय टार्न उचित हुनेछ ।

वृश्चिक : वैवाहिक वा साझेदारी सम्बन्धमा संवेदनशीलता देखिन सक्छ । प्रेम र संवादमा स्पष्टता आवश्यक हुनेछ । व्यवसायिक साझेदारीमा नयाँ अवसर आउन सक्छ ।

धनु : प्रतिस्पर्धा वा विवादमा विजय सम्भावना प्रबल छ । स्वास्थ्य सन्तुलन, ऋण व्यवस्थापन तथा शारीरिक सक्रियतामा फाइदा हुने दिन हा े । न्यायिक वा प्रशासनिक मामिलामा सुधार देखिन्छ ।

मकर : प्रेम, सन्तान वा सिर्जनात्मक कार्यमा चासो बढाउनेछ । विद्यार्थी र कलाकारहरूका लागि समय अनुकूल देखिन्छ । भावनात्मक जीवनमा मिठास आउनेछ ।

कुम्भ : घरपरिवार र मातापिताको स्वास्थ्यतर्फ चासो बढ्नेछ । घरसम्बन्धी निर्णय आज स्थगित गर्नु उपयुक्त हुनसक्छ । मनमा अलिक अस्थिरता देखिन सक्छ ।

मीन : आत्मबल, वाणी र साहसमा वृद्धि हुनेछ । सञ्चार, लेखन वा यात्राको योजना सफल बन्न सक्छ । दाजुभाइसँग सम्बन्ध सुदृढ रहनेछ ।


Published :असार ११, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media