पत्रकार शम्भु श्रेष्ठ र एमपी सुब्बालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

राष्ट्रपाटी न्युज

असार १२, २०८२

काठमाडौ । दृष्टि न्यूज डटकमका सञ्चालक एवम अध्यक्ष शम्भु श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बालाई २५–२५ हजार धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पूर्ण इजलासले बिहीबार दुवै जनाको बयान र थुनछेक बहसपछि २५–२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गरेका थिए ।

वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताले बहस गरेका थिए ।


Published :असार १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media