पत्रकार दिलभूषणलाई धरौटीमा छाड्न आदेश

राष्ट्रपाटी न्युज

असार १९, २०८२

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश गरेको छ ।

न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार पत्रकार पाठकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

पाठकविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो भने उच्च अदालत पाटनले पक्राउ नगर्न आदेश दिएको थियो।

असार १६ गते पाठकविरूद्ध साइबर अपराधको मुद्दा दर्ता भएको थियो ।


Published :असार १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media