चर्चित हांस्य कलाकार लक्ष्मी श्रेष्ठको निधन

राष्ट्रपाटी न्युज

असार २१, २०८२

काठमाडौं । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिका निभाएर दर्शकमाझ लाेकप्रिय बनेकी कलाकार श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। केही महिनादेखि घरमै थला परेकी उनी स्तन क्यान्सर लगायतका रोगबाट पीडित थिइन्।

‘मेरी बास्सै’मा उनले ‘खड्काजी’ (सीताराम कट्टेल) की छुच्ची श्रीमतीको रूपमा अभिनय गरेकी थिइन्, जसले उनलाई दर्शकमाझ निकै लोकप्रिय बनायो।

लामो समयदेखि अभिनय क्षेत्रमा क्रियाशील लक्ष्मीले जिरे खुर्सानी, कान्छी, उल्टो सुल्टो जस्ता टेलिशृंखलामा अभिनय गरेकी छन्। यस्तै, थुप्रै चलचित्र र म्युजिक भिडियोहरूमा पनि उनी देखिएकी थिइन्। शिवहरि पौड्याल निर्देशित फिल्म लक्का जवानमा समेत उनले अभिनय गरेकी थिइन्।


Published :असार २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media