बुढानीलकण्ठ नगरपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्मानपूर्ण विदाई

राष्ट्रपाटी न्युज

असार २५, २०८२

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका‌द्वारा ६० वर्ष उमेर पुगेका १० जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान र विदाई गरिएको छ। दीर्घकालीन सेवाबाट अवकाश लिँदै गरेका उनिहरूलाई दोसल्ला, मायाको चिनो तथा नगद उपहार प्रदान गरिएको नगरपालिका कार्यालयले जनाएको छ। उनीहरुलाई सम्मान स्वरुप नगरपालिकाको तर्फबाट जनही ५० हजार र संघीय सरकारको तर्फबाट २० हजार रुपैयाँ नगद प्रदान गरिएको हो ।

सम्मान तथा विदाई पाउनेहरुमा वडा नं. ३ का सुकुमाया श्रेष्ठ, वडा नं. ४ का धनमाया श्रेष्ठ, वडा नं. ०४ का गीता खड्का, वडा नं. ३ का सुकुमाया श्रेष्ठ, वडा नं. ०७ का उर्मिला बोगटी, वडा नं. ०८ का रमा धिताल, वडा नं. ११ का जानुका पौडेल, वडा नं. ११ का विमला पौडेल, वडा नं. ११ का उर्मिला चालिसे, वडा नं. ११ का पुष्पा चालिसे र वडा नं. ०९ का सकुन्तला सापकोटा रहेका छन् ।

कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौला, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहाल, विभिन्न वडाका अध्यक्षहरू, जनस्वास्थ्यकर्मीहरू तथा स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

विदाई समारोहमा नगर प्रमुख अधिकारीले लामो समय समुदायमा पुर्‍याइएको सेवाप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।


Published :असार २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media