नेप्सेमा ३४ अंकको हरियाली, कारोबार रकम ९ अर्बमाथि

राष्ट्रपाटी न्युज

असार ३२, २०८२

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा पुगेको छ। नेप्से वृद्धि भएसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३१७ स्क्रिप्सको २ करोड ६५ लाख  १७ हजार  २०९ कित्ता सेयर ९ अर्ब  ४१ करोड ९१ लाख ६५ हजार  ८०७ रुपैयाँमा खरिदबिक्री भए।

सोमबार ८ अर्ब बराबरको सेयर कारोबार भएको थियो। नेप्से दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। सुपर मादी हाइड्रोपावरको सेयर सर्वाधिक ८.०८ प्रतिशतले बढ्यो। राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर ५.८६ प्रतिशतले बढ्दा विद्यावासिनी हाइड्रोपावर,ओम मेघाश्री फर्माक्युटिकल्स र केबीएल डिवेन्चरको सेयर ५ प्रतिशत बढीले बढ्यो।

कारोबार रकमका आधारमा बुटवल पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५२ करोड ३२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये २०९ स्टक्सको मूल्य बढ्दा ३९ वटाको घट्यो। यसदिन १२ वटा समूहको उपसूचक सकारात्मक देखिएका छन् ।


Published :असार ३२, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media