काठमाडौं । पोखराको जग्गाको विषयमा घुस डिल प्रकरणमा मुछिएका भूमिसुधार मन्त्री बलराम अधिकारीले आफ्नो बचाउ गरेका छन् ।
सोही प्रकरणमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिए पनि प्रतिपक्षी दलले मन्त्री अधिकारीले पनि राजीनामा दिनुपर्ने माग गरेका थिए ।
तर, बिहीबार मन्त्रालयमा आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सार्वजनिक अडिओमा आफू र मन्त्रालयसँग सम्बन्धित नभएको दाबी गरे ।
विचौलियाले योजना पूरा गर्न नपाएपछि आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाउँदै मन्त्री अधिकारीले भने, ‘…चरित्र हत्या गर्ने प्रयास हो । कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभिष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए । मैले हुन्नँ भनेँ । त्यसपछि यी कुराहरू बाहिर आए ।’
दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार रहेको उनले बताए ।