काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन्।
पछिल्ला दिनमा अध्यक्ष लिङ्देनले एकलौटी निर्णय गरेको भन्दै उपाध्यक्ष गिरीलगायत केही नेताहरूले आपत्ती जनाउँदै आएका छन्। केही दिनअघि मात्रै अध्यक्ष लिङदेनले अनुशासन समितिको अध्यक्ष पदबाट नवराज सुवेदीलाई हटाएका थिए। उक्त निर्णयविरुद्ध सुवेदीले निर्वाचन आयोगमा उजुरी समेत दिएका छन् ।
लिङ्देनले सुवेदीलाई हटाएर पार्टी उपाध्यक्ष रोशन कार्कीलाई उक्त जिम्मेवारी दिएका छन्।