नेपालले आफ्नो क्षमताअनुसार विकासको यात्रा अघि बढाइरहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो क्षमता अनुसार विकासको यात्रा अघि बढाइरहेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित नेपाल–चीन संस्कृति शिखर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले, देशले आफ्नो गच्छेअनुसार विकासका काम गरिरहेको स्पष्ट पारेका हुन ।

‘नेपाल आफ्नो गच्छेअनुसार अघि बढिरहेको छ। मित्रताका लागि ठूलो गच्छे चाहिँदैन, सानो सामर्थ्यले पनि मित्रता गाढा बनाउन सकिन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘हामी गच्छेअनुसार पारस्परिक सम्बन्धलाई पनि अघि बढाइरहेका छौं। यो सम्बन्ध भविष्यमा अझ व्यापक र प्रगाढ हुँदै जानेछ ।’

उनले नेपाल–चीनबीचको सुदृढ सम्बन्धलाई अझ अगाडि बढाउने लक्ष्यमा सरकार कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले संस्कृति र आपसी समझदारीको माध्यमबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पु-याउने विश्वास व्यक्त गरेका छन् ।


Published :साउन २, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media