यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपाटी न्युज

साउन १६, २०८२

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। कोसी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेशको पहाडका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।


Published :साउन १६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media