कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्युसेक, २८ ढोका खोलियो

राष्ट्रपाटी न्युज

साउन २५, २०८२

काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ।

बहाब बढेपछि ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन्। कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो।


Published :साउन २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media