आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

साउन २६, २०८२

काठमाडौँ । आज दिउँसो देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाको बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। देशका पहाड भूभागका धेरै स्थान र मधेश प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

अनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाड भूभाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेशलगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागकाका धेरै स्थान र बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।


Published :साउन २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media