आज साउनको अन्तिम सोमबारः पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड

राष्ट्रपाटी न्युज

साउन २६, २०८२

काठमाडाैं । साउन महिना भगवान् शिवको महिना मानिन्छ, र सोमबार शिवजीको बार भएकाले आज श्रावणको अन्तिम सोमबार पशुपति मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ। यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ।

नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। हरेक वर्ष जस्तै यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानै देखि भगवान् शिवको दर्शनका लागि लामबद्ध भएका छन् ।


Published :साउन २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media