राससको महाप्रबन्धकमा सन्दीप राई नियुक्त

राष्ट्रपाटी न्युज

साउन २७, २०८२

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन्।

पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव संगालेका छन्।

तत्कालीन भौतिक पूर्वाधार तथा यात्रायातामन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहेका राईसँग छापा, रेडियो र अनलाइनमा काम गरेको अनुभव छ।


Published :साउन २७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media