आजको मौसमः यी भूभागमा मध्यम वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

साउन ३१, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।

महाशाखाकाअनुसार अहिले देशको पहाडी भूभागमा साधारणतया बदली रहेको छ । सबै प्रदेशका एकदुई स्थानमा हल्का तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ३५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४१ मिनेटमा हुनेछ ।


Published :साउन ३१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media