यूएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ।

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ।

दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरिएको हो।


Published :भदौ १, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media