
काठमाडौं । शिक्षा र विकासका लागि नेतृत्वदायी समाज, नेपाल ( LEADS ) ले अन्तरविधालय प्रथम जुनियर तिज नृत्य प्रतियोगिता २०८२ कार्यक्रम सम्पन्न गरेको छ। यहि भाद्र ५ गते भ्याली पब्लिक स्कुल, सुन्दरबस्ती, काठमाडौंमा उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष बिष्णु चन्द्र अधिकारीले जानकारी दिएका छन्।
पन्ध्र वटा विभिन्न विधालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा फेरिल्याण्ड इन्टरनेश्नल स्कुलले उपाधि चुम्न सफल भएको थियो। त्यसैगरी उक्त प्रतियोगितामा भक्ति इन्टरनेश्नल एकेडेमी दोश्रो ,साइप्रस पब्लिक हाइ स्कुल तेश्रो हुन सफल भएका थिए।
संस्थाका अध्यक्ष बिष्णु चन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव गित बहादुर लामिछाने ( रुपक) ले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी रहेका थिए। त्यसैगरी उक्त कार्यक्रममा बुढानिलकण्ठ – १० का वडाध्यक्ष एवं नगर प्रवक्ता नवराज भट्टराई , बुढानिलकण्ठ नगरपालिकाका शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंह सहित संस्थाका पदाधिकारी एवं सदस्यहरु , बिभिन्न विधालयका प्रिन्सिपल तथा संचालकहरु , नृत्य शिक्षकहरु लगायत प्रतियोगितामा सहभागी बिभिन्न विधालयका विधार्थीहरुको सहभागिता रहेको थियो।
