गोंगबुको एक घरमा प्रहरीको छापा, झण्डै चार करोड रकम र सुन बरामद, एकजना पक्राउ

काठमाडौं । गोगंवुको एक घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा रकम र सुन बरामद गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी टेकबहादुर तामाङका अनुसार गोरखाका विनोद श्रेष्ठको घरमा छापा मारिएको र रकम, सुनसहित उनलाई पक्राउ गरिएको छ ।

झण्डै चार करोड रकम रहेको बताइए पनि रकम र सुन कति छ भन्ने यकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

भन्सार छलेर ल्याइएका गरगहनाको भण्डारण र त्यसको विक्रीबाट आएको रकम हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ती नगद र गरगहना भण्डारण गर्ने व्यक्ति र कारोबारी पहिचान भइनसके र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो अवैध रकमबारे सूचना आएपछि प्रहरी आज अपरेशन चलाएको हो । अहिले काठमाडौँका एसएसपी विश्व अधिकारी पनि घटनास्थलमा पुगेको बताइएको छ ।


Published :भदौ १७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media