रसुवामा बाढीमा बगेर दुई युवकको मृत्यु

रसुवा । दुई दिनअघि सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव आज फेला परेको छ। प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइँकुण्ड गाउँपालिका– ६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो।

गत आइतबार मोटरसाइकलमा घरतर्फ गइरहेका उनीहरू घर नपुगेपछि खोजी थालिएको थियो। शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भेटिएको छैन। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।


Published :भदौ १७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media