सिन्धुपाल्चोकमा चार म्याग्निच्यूडको भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

मंगलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका  जिल्लामासमेत अनुभव गरिएको थियो ।

मंगलबार बिहान ६ : १५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई  केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो ।

दिउँसो ३ : १३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।


Published :भदौ १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media