सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले आज माइतीघरमा प्रदर्शन गर्ने

काठमाडौं । सोमबार काठमाडौंमा माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन्। सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।

प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरुले अनुमति लिइसकेका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले भने, ‘निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन।’

जेनजी पुस्ताको आन्दोलनलाई जनप्रतिनिधि र नेताले समर्थन गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यक्रममा आफ्नो समर्थन रहेको उल्लेख गरेका छन्। कांग्रेस नेता शेखर कोइरालालेसमेत यो आन्दोलन जायज भएको बताएका छन्।

यता राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफू जेनजी पुस्ताले गर्ने प्रदर्शनमा सहभागी हुने बताएका छन् ।


Published :भदौ २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media