स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको छ। विश्वविद्यालयले सोमबार सूचना जारी गरेर स्नातक दोस्रो वर्षको परीक्षा स्थगित गरिएको जनाएको हो।

देशैभरका परीक्षा केन्द्रमा २४, २५ र २६ भदौमा सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ ।


Published :भदौ २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media