भक्तपुरमा पनि कर्फ्यू आदेश

भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि कर्फ्यू आदेश जारी गरेको छ।

मंगलबार बिहान साढे ८ बजेदेखि लागुहुनेगरी प्रमुख जिल्ला अधपकारी नमराज घिमिरेले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका हुन्।

जडिबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला क्षेत्रमा कर्फ्यू जारी भएको हो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। सोमबार बानेश्वरमा भएको जेनजी पुस्ताको प्रदर्शनपछि १९ जनाको ज्यान गएको थियो।

 


Published :भदौ २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media