रास्वपा सांसदद्वारा सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बसेको संसदीय दलको बैठकले सबै सांसदहरूले आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको छ ।

अहिले बसिरहेको संसदीय दलको बैठकले सबै सांसदहरूले राजीनामा दिने निर्णय गरेको हो ।

निर्णय लगत्तै केही सांसदहरूले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

रास्वपाका शीर्ष नेताका अनुसार उनीहरूले आफूले सांसद पदबाट राजीनामा दिएको जानकारी आज नै सभामुखलाई गराउने बताइएको छ ।

ती नेताका अनुसार सबै सांसदहरूले सामाजिक सञ्जालमा आफूले पदबाट राजीनामा दिएको स्टाटस समेत लेख्ने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट अहिले प्रतिनिधिसभामा सभापति रवि लामिछाने बाहेक २० जना सांसदहरू छन् । यो पार्टी देशको चौथो ठूलो शक्ति हो ।


Published :भदौ २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media