बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ कैदीको मृत्यु

काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएको सुरक्षा स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन् ।

देशभर जेनजी आन्दोलन चर्किएको बेला सुधारगृहमा रहेका कैदीहरूले भाग्ने प्रयास गर्दा झडप सुरु भएको थियाे ।


Published :भदौ २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media