अनधिकृत हातहतियार बुझाउन सेनाको आग्रह

काठमाडौं । नेपाली सेनाले जेन-जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट लुटिएका वा हराएका हातहतियार, गोलीबारुद तथा अन्य सुरक्षा सामग्री बुझाउन आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले ती हातहतियार तथा गोलीगट्ठा सेनामा वा सम्बन्धित सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ती हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुन सक्ने भएकाले प्राप्त गर्ने व्यक्तिहरुले नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन र तत्काल बुझाउन अनुरोध गरिन्छ ।’

यसैगरी सेनाले यस्तो संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको पोशाक (युनिफर्म) को अनधिकृत प्रयोग नगर्न पनि आग्रह गरेको छ।

सेनाले चेतावनी दिँदै भनेको छ, ‘उक्त हातहतियार वा गोलीबारुद नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ।’


Published :भदौ २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media