त्रिभुवन विमानस्थल अनिश्चितकालीन बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना नभए सम्मका लागि विमानस्थल बन्द रहने जानकारी गराएको हो।

उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, उपत्यका भित्रको विषम परिस्थिति लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुवाँ लगायतले विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने भएकाले बन्द गर्नुपरेको सूचनामा भनिएको छ।

विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन हुन साथै विमानस्थल खुलेको सूचना पाए पश्चात सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थलमा आउन हुन सम्पूर्ण यात्रु महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौँ, सूचनामा भनिएको छ, यसबाट यात्रुवर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ।

यसअघि विमानस्थल आज १२ बजेसम्मका लागि बन्द गरिएको थियो ।


Published :भदौ २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media