भागेका कैदीबन्दीहरुलाई यथाशीघ्र सम्पर्कमा आउन प्रहरीको अनुरोध

काठमाण्डाै । देशभरिका विभिन्न कारागारबाट फरार भएका अभियुक्त र कैदीबन्दीहरुलाई यथाशीघ्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको छ ।

आज प्रहरी प्रधान कार्यालयले विज्ञप्ति निकालेर ‘जेन–जी’ प्रदर्शनका क्रममा भागेका अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा सम्पर्क गर्न आग्रह गरेको हो ।

जेनजीले सुरु गरेको प्रदर्शनको क्रममा प्रहरीका विभिन्न कार्यालय र इकाइ तथा कारागार कार्यालयहरूमा तोडफोड, आगजनीपछि हिरासतमा रहेका अभियुक्त र कारागारमा रहेका कैदीबन्दी भागेका थिए ।

 


Published :भदौ २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media