जेनजी आन्दोलनः मृतकको संख्या ७२ पुग्यो, सबैलाई सहिद घोषणा

काठमाडौँ । भदौ २३ र २४ गते राजधानीलगायत देशका अधिकांस जिल्लामा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको जानकारी गराइएको हो । सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको गरेको छ ।

त्यस्तै मृतकको परिवारलाई १० लाख दिने निर्णय र घाइतेको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ । मृतक मध्ये हालसम्म ४१ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।


Published :भदौ २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media