यस वर्षको दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट

काठमाडौं । यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ।

नेपाल पञ्‍चांग निर्णायक समितिले मंगलबार सार्वजनिक गरेको साइतअनुसार विजया दशमीको टीका ग्रहणका लागि असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ।

उक्त दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। समितिका अनुसार घटस्थापनाका लागि ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटको समय उत्तम रहेको छ।

त्यसैगरी ७ गते झण्डा फेर्ने साइत बिहान ९ बजेर ५३ मिनेटमा, १३ गते फूलपाती तुलजाभवानी यात्रा बिहान ७ बजेर १७ मिनेटमा उत्तम मानिएको छ।

समितिका अनुसार देवीको टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने उल्लेख छ ।


Published :भदौ ३१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media