
काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटि अध्यक्ष दीपक निरौलाको अग्रसरता एवं नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ कमिटिको व्यबस्थापनमा भेटघाट एवं शुभकामना कार्यक्रम सम्पन्न भएको छ। Genz आन्दोलन पछि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ गोल्फुटारको खुल्ला पार्कमा आज असोज ६ गते उक्त कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य कृष्ण राइ ,केन्द्रिय सदस्य नारायण सिग्देल सहित बागमती प्रदेश कमिटि सदस्यहरु , काठमाडौं जिल्ला कमिटि पदाधिकारी तथा सदस्यहरु ,काठमाडौं महानगर कमिटिका केहि वडाका पदाधिकारी तथा सदस्यहरु, बुढानिलकण्ठ तथा टोखा कमिटि पदाधिकारी तथा सदस्यहरु, जनप्रतिनिधिहरु लगायत नेकपा एमालेका स्थानीय अगुवा कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो।
Genz आन्दोलन पछि फेरिएको परिस्थितिमा नेकपा एमालेका नेता एवं कार्यक्रताहरुमा उच्च मनोवल विकास गर्न तथा भेटघाटको वातावारण निर्माण गर्न घटस्थापनाको दिन कार्यक्रम आयोजना गरिएको नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटि अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन्।
