काठमाडौँ उपत्यकाबाट एकैदिन एक लाख ११ हजारजना बाहिरिए

राष्ट्रपाटी न्युज

अशोज १३, २०८२

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । यो वर्ष घटस्थापनादेखि आइतबार (असोज १२) अपराह्नसम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौं छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताएका छन् ।

अध्यक्ष स्वारले घटस्थापनायता आठ लाख सर्वसाधारण काठमाडौं उपत्यकाकाबाट बाहिरिएका बताए । आफूहरूले सहज रूपमा यातायातका साधन सञ्चालनका निम्ति ट्राफिक प्रहरीलाई अनुरोध गरेको उनले जानकारी दिए ।

ट्राफिक प्रहरीले पनि आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्बाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ ।


Published :अशोज १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media