बडादसैँको महाअष्टमीको दिन काठमाडौँका सडकमा सवारी साधन न्यून

राष्ट्रपाटी न्युज

अशोज १४, २०८२

काठमाडौँ । बडादसैँको महाअष्टमीको दिन काठमाडौँ उपत्यकामा चहलपहल कम देखिएको छ।

फूलपातीको दिनसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो। महाअष्टमीबाट भने चहलपहल कम हुँदै गएको छ। दसैँमा घर फर्कने सर्वसाधारणको संख्या बढ्सँगै काठमाडौँमा चहलपहल कम भएको हो। अन्य दिनको तुलनामा उपत्यकाका सडकमा सवारीसाधन न्यून चलेका छन्।

ट्राफिक प्रहरीका अनुसार यस वर्षको दसैँमा फूलपातीका दिन सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन्। सो दिनमात्रै करिब डेड लाख यात्रु उपत्यकाबाट बाहिरिएका थिए। काठमाडौँमा बडादसैँको टीकाको दिनदेखि भने चहलपहल बढ्ने गरेको छ।


Published :अशोज १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media