राष्ट्रपतिद्वारा नौ कन्याको पूजाअर्चना

राष्ट्रपाटी न्युज

अशोज १५, २०८२

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले असोज शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालको बाल मन्दिरमा आश्रय लिएका कन्याको उनले पूजा गरेका हुन् ।

प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ । त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक नौजना कन्याको पूजा अर्चना गरेका थिए ।


Published :अशोज १५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media