मान्यजनबाट टीका जमरा लगाउने क्रम आज पनि जारी

राष्ट्रपाटी न्युज

अशोज १८, २०८२

काठमाडौँ । ‘आश्विन शुक्ल द्वादशी’ दसैंको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।

आज विशेष कारण विजयादशमीका दिन टिका ग्रहण गर्न नपाएकाहरूले आफन्त तथा मान्यजनकाे हातबाट टिका लगाउँदै छन्।

नौ दिनसम्म पूजाआराधना गरी विजयादशमीमा देवी विसर्जन गरेपछि सुरु भएको टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम विजयादशमी, एकादशी हुँदै कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ तर कहीं कतै ‘पश्चिम नेपालका केही जिल्ला’ मा भने विजयादशमीमा मात्रै टीका लगाइन्छ।

दसैं असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा  मनाइने भए पनि यसबारे अनेक भनाइ तथा किम्वदन्ती छ। दसैंलाई धेरै समय भेटघाट नभएका आफन्तहरू भेट्ने अवसरकाे रूपमा पनि लिइन्छ। दसैंको भेटघाटले एक आपसमा सद्भाव र विश्वास बढाई आत्मीय बढाउने गरेको छ।

दसैं मनाउन काठमाडौं उपत्यकाबाट ६ लाख बढी जन बाहिरिएका थिए। दसैं मानेर फर्कनेहरूले गर्दा केही दिन सुनसानिएको काठमाडौंमा भीडभाड बढ्न थालेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने जनाएको छ।


Published :अशोज १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media