लगातार वर्षाका कारण काठमाडौं उपत्यका भित्रिन र बाहिरिन तीन दिनसम्म रोक

राष्ट्रपाटी न्युज

अशोज १८, २०८२

काठमाडौँ । सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन तीन दिनसम्म रोक लगाएको छ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन तीन दिनसम्म रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ।

देशभर लगातार वर्षा भइरहेकाले सावधानी अपनाउन भन्दै काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ ।

 


Published :अशोज १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media