कार्यालय प्रमुखलाई आजै कार्यस्थल पुग्न प्रधानमन्त्री कार्यालयको निर्देशन

राष्ट्रपाटी न्युज

अशोज १८, २०८२

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय शनिबारसम्म कार्यालय पुग्न कर्मचारीलाई निर्देशन दिएको छ । काठमाडौं भित्रने र बाहिरिने सवारी साधन ३ दिन राजमार्ग बन्द गरेको सूचना जारी भएको केहि घण्टा नबित्दै कार्यलय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ले निर्देशन दिएको हो।

सामान्य प्रशासन मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछाने अन्त्यन्त जरुरी सूचना जारी गर्दै सवै जिल्ला समन्वय अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन अनुरोध गरेका हुन्। मन्त्रालयले विपद्को सतर्कता अपनाउन, पुर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन दिएको हो।

‘जल तथा मौसम विज्ञान विभागका अनुसार २०८२ असोज १७ देखि २० गते सम्म देशका विभिन्न भागहरूमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको हुंदा आ-आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई २०८२ असोज १८ गते सम्ममा अनिवार्य रूपमा कार्यस्थल पुगी सक्ने व्यवस्था मिलाउनु हुन तथा सोही अनुसार सतर्कता अपनाउन, पुर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन हुन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयवाट निर्देशन प्राप्त भएको हुँदा सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन हुन अनुरोध छ ’सूचनामा भनिएको छ ।


Published :अशोज १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media