आज पनि काठमाडौंबाट लामो दूरीका गाडी सञ्चालनमा रोक

राष्ट्रपाटी न्युज

अशोज १९, २०८२

काठमाडौं । आज बिहानसम्म पनि काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान रोक लगाइएको छ ।

काठमाडौं उपत्यकाको अवस्था सामान्य रहेपनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको हो । यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ गर्नसमेत रोक लगाइएको छ ।

वर्षा, बाढी र पहिरोका कारण सरकारले असोज १८, १९ र २० गतेसम्म सवारी साधनमार्फत् काठमाडौं उपत्यका आउजाउ गर्न रोक लगाउने निर्णय गरेको थियो ।


Published :अशोज १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media